विराटनगर किङ्सको मुख्य प्रशिक्षकमा पुबुदु अनुबन्ध
काठमाडौँ, कार्तिक २४ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको लागि विराटनगर किङ्सले मुख्य प्रशिक्षकमा पुबुदु दसानायकेलाई अनुबन्ध गरेको छ ।
पहिलो संस्करणमा जनकपुर बोल्ड्समा रही उपाधि जिताएका पुबुदु यसपटक विराटनगर किङ्सको प्रमुख प्रशिक्षकमा अनुबन्धित भएका हुन् । उनी नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पनि हुन् ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा मार्टिन गप्टिल, फाफ डु प्लेसिसजस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडी भित्र्याइसकेका छन् ।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार
















