एनपीएलको खेल तालिका सार्वजनिक



काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।

आउँदो मंसिर १ गतेदेखि शुरु हुने दोस्रो संस्करणको तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रङ्गशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ ।

पहिलो खेल दिउँसो ४ बजे जनकपुर बोल्टस् र काठमाडौं गोरखाजबीच हुनेछ ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्