एकैदिन ४९ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार सुन २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार ६५ रुपैयाँ रहेको चाँदी मंगलबार बढेर ३ हजार १७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्