नेपाल र बङ्गलादेशबीच आज मैत्रीपूर्ण खेल हुँदै
काठमाडौं । नेपाल र बङ्गलादेशको राष्ट्रिय टोलीबीच आज मैत्रीपूर्ण खेल हुँदैछ । खेल आज साँझ पौने ८ बजेदेखि ढाकाको नेशनल स्टेडियममा सुरु हुनेछ ।
यो खेल मलेसियासँगको एएफसी एसियन छनोटको तयारीको रुपमा खेलिँदैछ । नेपालका कप्तान किरण चेम्जोङले नेपाली टिम र बङ्गलादेश बीचको खेल सधैँ प्रतिस्पर्धात्मक हुने र खेलका लागि आफूहरू तयार रहेको बताए ।
नेपालले यसपछि नोभेम्बर १८ मा मलेसियासँगै एएफसी एसिया कप छनोटको खेल खेल्दैछ ।
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार
















