खरिद प्रक्रियामा हिनामिनाको आरोपमा नागार्जुन नगरपालिकामा अख्तियारको छापा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नागार्जुन नगरपालिकामा छापा मारेको छ ।

सामान खरिदमा अनियमितता भएको उजुरीका आधारमा बिहीबार बिहान अख्तियारको टंगालबाट खटिएको टोलीले छापा मारेको हो ।

अख्तियारका अनुसार नगरपालिकाले सामान खरिद गर्दा बजेट दुरुपयोग र हिनामिना गरिएको भन्ने उजुरी टंगालस्थित आयोगमा दर्ता भएपछि अनुसन्धान टोली खटाइएको थियो ।

छापामारीका क्रममा आयोगको टोलीले नगरपालिकाको वित्त, प्रशासन र खरिद शाखाबाट खरिद–व्यवस्थासम्बन्धी कागजातहरू बरामद गरेको जनाएको छ ।

आयोगले ती कागजातको प्रारम्भिक अध्ययनपछि विस्तृत अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्