कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

लगातार एक महिनासम्म बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनबारे एकमत नहुँदा शीर्ष नेताहरूबिच पुनः छलफल आवश्यक भएपछि आजको बैठक तय गरिएको हो ।

बैठक ललितपुरको धोबीघाटमा दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ। कांग्रेसभित्र महाधिवेशन चुनाव महाधिवेशनअघि गर्ने कि पछि भन्ने विषयमा मतभेद कायम छ । सोहि विवादलाई समाधान गर्न बैठक बोलाइएको हो ।

पार्टीले आजको बैठकबाट विवाद साम्य पार्दै महाधिवेशनका तयारीलाई स्पष्ट दिशामा लैजाने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्