सुबिसु बन्यो विराटनगर किंग्सको ‘इन्टरनेट एक्सपिरियन्स पार्टनर’
काठमाडौं ३० कात्तिक । आसन्न नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किंग्सले सुबिसुलाई आफ्नो इन्टरनेट एक्सपिरियन्स पार्टनरको रूपमा स्वागत गरेको छ।
नेपालको एक भरपर्दो इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनी सुबिसुले टोलीलाई विश्वसनीय कनेक्टिभिटी र प्रविधिक सहयोग प्रदान गर्दै साथ दिनेछ।
यस साझेदारी मार्फत बिराटनगर किंग्सले सम्पूर्ण प्रतियोगिताभरि समर्थकहरूको डिजिटल अनुभवलाई अझ राम्रो बनाउने लक्ष्य राखेको छ।
सुबिसुको उपस्थितिले अनलाइन अपडेट, डिजिटल स्टोरीटेलिङ, म्याच कभरेज र विभिन्न प्लेटफर्ममा हुने फ्यान इन्टर्याक्सनलाई छिटो, सहज र निरन्तर बनाउनेछ।
प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार
















