एनपीएल उद्घाटन खेलः जनकपुरविरुद्ध टस जितेको काठमाडौंले बलिङ गर्ने
काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) को दोस्रो संकरण आजबाट सुरु भएको छ ।
एनपीएल सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयु क्रीकेट मैदानमा काठमान्डुका कप्तान करण केसीले टस जित्दै जनकपुरका कप्तान अनिल साहलाई ब्याटिङको निम्तो दिएका हुन्।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार
















