एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।
चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् । यी सबै टीमले पहिलो खेलमा विजयी हासिल गर्दै सुखद् सुरुवात गर्ने लक्ष्य राखेका छन् ।
यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौं गोर्खाजले सुखद् सुरुआत गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल खेल मंसिर २७ मा हुनेछ ।
प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार
















