एमालेले बोलायो सचिवालय बैठक, महाधिवेशन बारे छलफल हुने



काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ।

पार्टी मुख्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान गरेको हो ।

बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।

सचिवालय बैठकमा मङ्सिर ६ गते काठमाडौँमा गर्ने प्रदर्शनका बारेमा समेत छलफल हुने बुझिएको छ ।

एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते हुँदैछ।

मंसिर १३ गते देशैभर एकैदिन प्रतिनिधि छनोट पनि गर्दैछ।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्