एनपिएल : आज लुम्बिनी र चितवन भिँड्दै



काठमाडौँ, मंसिर ४ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हँुदैछ ।

रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन यो जित कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ ।

गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो ।

गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्