बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते
नवलपुर, मंसिर ४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दुमा आज विहानै बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मध्यविन्दु नगरपालिका–८ गडारखोला नजिकै नारायणघाटबाट बुटबलतर्फ जाँदै गरेको बा.प्र. ०२–०२२ प ८९५५ नम्बरको स्कुटरलाई विपरित दिशामा गुडिरहेको सु. प्र. ०२–००१ ख नम्बरको बसले ठक्कर दिएर दुर्घटना भएको हो ।
बसको ठक्करबाट धादिङ नीलकण्ठ नगरपालिका–५ का २६ वर्षीय शिवजी वस्तीको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकार दिए ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार उदयपुर गाइघाटका २१ वर्षीया निरु शाह घाइते भएका छन् । उनको सोही अस्पतारमा उपचार भइरहेको छ ।
प्रहरीले बसका चालक र दुबै सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार












