सिमरामा आज पनि जेनजी प्रदर्शन जारी



बारा। बाराको सिमरामा आज पनि प्रदर्शन जारी छ ।

नेकपा एमालेका नेता-कार्यकर्ता र जेनजी युवाहरुबीचको विवादले बुधबार दिनभर तनावग्रस्त सिमरामा आज दोस्रो दिन बिहीबार पनि प्रदर्शन भइरहेको छ ।

तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यु आदेश नै जारी गरेको थियो । बेलुकीपछि भने स्थिति शान्त बनेको थियो ।

आज बिहीबार बिहान १० बजेबाट जेनजी युवाले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता-कार्यकर्ता पक्राउको माग गर्दै जेनजीले प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्