एनपिएलमा आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै



काठमाडौँ, मंसिर ५ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ ।

त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा खेल अपराह्न ४ बजे हुनेछ ।

खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐेरीले गर्ने छन् ।

यी दुबै टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ ।

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्