दाङबाट शैक्षिक भ्रमणमा गएको बस पाल्पामा दुर्घटना, एघार विद्यार्थी घाइते
पाल्पा । शैक्षिक भ्रमणमा दाङबाट गएको बस पाल्पामा दुर्घटना भएको छ ।
विद्यार्थी लिएर रानीमहल गइरहेको बस आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । उनीेहरुको अवस्था सामान्य रहेको उनले बताए ।
प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार












