एनपीएलमा आज ‘ब्रेक डे’, सोमबार दुई खेल



काठमाडौं, मंसिर ७ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज आइतबार कुनै पनि खेल छैन ।

राजधानी काठमाडौं टियू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको एनपीएलमा आज ‘ब्रेक डे’ राखिएको हो । भोलि (सोमबार) भने दुई खेल हुँदैछन् । बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ ।

दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिडर््ैछन् । दुई दुई खेल खेलेका विराटनगर र सुदूरपश्चिम चार–चार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन् । तीन खेल खेलिसकेको काठमाण्डु दुई अंक जोड्दै तेस्रो स्थानमा छ ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्