मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा युवकको मृत्यु
सप्तरी । मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ ।
सप्तरीको राजगढ गाउँपालिका–६ फकिरा घर भई राजविराज नगरपालिका–१६ बोरिया बस्दै आएका मुकेश यादवको आज मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
१९ वर्षीय यादवको उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए
प्रहरीका अनुसार दुई दिनअगाडि बोरियास्थित छिमेकी सरोकुमारी साहको मोबाइल हराएको थियो । उक्त मोबाइल मुकेशले नै चोरी गरेको भन्दै साहले कुटपिट गरेपछि घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार












