राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
काठमाडौँ, मंसिर ७ । राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
मङ्सिर ९ गते मंगलबार बस्ने गरी बैठक आह्वान भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा गम्भीर छलफल हुनेछ ।
यस्तै बैठकमा अहिलेको अवस्थाको चित्रणका साथ पार्टीको भावी योजना र रणनीति बारे अध्यक्ष कमल थापाले धारणा प्रस्तुत गर्ने कार्य तालिका छ ।
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार












