नेपाली काँग्रेसद्वारा निर्वाचनका लागि आयोगमा दल दर्ता 



काठमाडौँ ७ मङ्सिर। नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ । 

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद  पौडेलले आज निर्वाचन आयोगमा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताको निवेदन दिनुभएको हो । 

हिजो (शनिबार) बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्