एनपीएलमा आज बलिया चार टोलीबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं । दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार दुई वटा खेल हुँदै छन् ।

आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने बिहान ११ः ४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स भिड्दै छन् भने दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दै छन् ।

गत एनपिएल सिजनको विजेता जनकपुर बोल्डस् दोस्रो सिजनमा पहिलो जितको खोजिमा छ भने विराटनगर र सुदूरपश्चिम जारी संस्करणमा अहिलेसम्म अपराजित छन् ।

यस्तै, कर्णालीले दुई म्याच खेल्दा एकमा जित र एक खेलमा हारको सामना गरेको छ ।

प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले दुई÷दुई अंक जोडेका छन् भने जनकपुर र पोखरा अंकबिहीन छन् ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्