रेडियो अडियोका सञ्चालक खनियाँ मृत फेला
काठमाडौं । एफएम रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत अवस्थामा फेला परेका छन् ।
उनी नयाँ बानेश्वर हाइटस्थित रेडियो एफएम स्टेशन भएको आफैले निर्माण गरेको घरमा आइतबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
उनी खासगरी हास्यव्यङ्ग्य कार्यक्रम प्रसारण गर्दै आएका उनी सोही एफएमबाट चर्चामा आएका थिए । उनी स्वयं पनि कुशल कार्यक्रम सञ्चालकका रूपमा स्थापित भएका थिए ।
पछिल्लो समय रेडियो स्टेशन घाटामा गएपछि सो घर बिक्री गरी त्यहीं भाडा तिरेर सञ्चालन गर्दै आएका थिए । उनका श्रीमती र छोरी छन् ।
प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार












