एनपीएल-२: जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ गर्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा विराटनगर किङ्सविरूद्ध जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेको छ।

कीर्तिपुरमा जारी एनपीएलको पहिलो खेल ११:४५ मा खेल सुरू हुँदैछ। जारी संस्करणमा विराटनगरले बलियो उपस्थिति देखाइरहेको छ।

पहिलो खेलमा पोखरा र दोस्रो खेलमा काठमाण्डुविरुद्ध फराकिलो जित निकाल्दै विराटनगर सहज रुपमा प्लेअफ पुग्ने बाटोमा छ। गत संस्करण नाम अनुसारको प्रदर्शन गर्न नसकेको विराटनगरलाई यस पटक उपाधिको दाबेदार मानिएको छ।

टोलीमा घरेलु र विदेशी खेलाडीको तालमेलले गति लिनु विराटनगरको बलियो पक्ष भएको छ। यता, साबिक विजेता जनकपुर पहिलो खेलमै काठमाण्डुसँग ५ विकेटले स्तब्ध बन्यो।

यी दुईबीच गत संस्करण उद्घाटन खेलमा भेट भएको थियो। जहाँ जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो।

एनपीएलमा ८ खेलसकिँदा काठमाण्डु गोर्खाजले ३, जनकपुर बोल्ट्सले १ र अन्य सबै टोलीले २–२ खेल खेलिसकेका छन्।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्