खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले पायो दल दर्ताको प्रमाणपत्र



काठमाडौं । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।

सुनारसहितले सोमबार निर्वाचन आयोगमा दर्ता भएको सो पार्टी दर्ताको प्रमाण पत्र बाजागाजासहित लिएका हुन्।

निर्वाचन आयोगका अनुसार गत १८ कात्तिकमा सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन पुगेको थियो।

जसलाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको थियो। यो दलको दर्ता नम्बर २१६ रहेको छ ।

हाम्रो पार्टी नेपालको चुनाव चिह्न गोलो घेरा भित्र राम्रो जनाउने लाइक चिह्न रहेको छ।

आयोगका अनुसार हालसम्म दर्ता भएका दलको संख्या १३२ पुगेको छ ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्