एनपीएलमा आज लुम्बिनी र काठमाडौं गोर्खाज भिड्दै



काठमाडौं, मंसिर ९ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्तत आज लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो ४ बजेदेखि हुँदैछ ।

दुबै टिमको यो तेस्रो खेल हो । दुई खेलमा दुबै टिमले एक जीत र एक हारसहित २÷२ अंक जोडेका छन् । रनरेटक‍ो आधारमा भने काठमाडौं अगाडि छ ।

लुम्बिनी राष्ट्रिय टिमको क्याप्टेन रोहित पौडेलको कप्तानीमा छ भने काठमाडौंको कप्तानी करण केसीले गरिरहेका छन् ।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्