नेकपा एमाले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न आयोग जाँदै
काठमाडौं । नेकपा एमाले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाने भएको छ।
एमालेले आज दल दर्ताको निवेदन दिन लागेको निर्वाचन विभागका प्रमुख निरज आचार्यले जानकारी दिएका हुन् ।
एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि नै दल दर्ता गरिसकेको छ।
एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरे पनि प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको थिएन ।
प्रतिनिधि सभाका लागि दल दर्ता गर्ने अन्तिम समय बुधबारसम्म छ।
निर्वाचन प्रयोजनका लागि आयोगमा नयाँ र पुराना गरी सोमबारसम्म ६४ दल दर्ता भइसकेका छन् ।
प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार
















