दृष्टिविहीन महिला क्रिकेट टिम सम्मानित
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हालै सम्पन्न दृष्टिविहीन महिला टी-२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाल दृष्टिविहीन महिला क्रिकेट टिमलाई सम्मान गरेको छ।
क्यानले एक कार्यक्रम आयोजना गरी टिमलाई सम्मान गर्दै क्रिकेट एसोसिएसन अफ ब्लाइन्ड, नेपाल (CAB, Nepal) लाई नगद दस लाख रुपैयाँ (रु. १०,००,०००) प्रदान गरेको हो।
नेपाल दृष्टिविहीन महिला क्रिकेट टिमले भारत र श्रीलङ्कामा सम्पन्न पहिलो संस्करणको दृष्टिविहीन महिला टी(२० विश्वकप, २०२५ मा उपविजेता बनेको थियो। फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो।
प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार
















