एनपीएलमा आज विराटनगर र चितवन भिड्दै



काठमाडौं, मंसिर १० । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज (बुधबार) विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेबाट सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार चौथो जितको खोजीमा रहनेछत । लगातार तीन खेलमा जित निकाल्दै विराटनगर अंक तालिकाको दोस्रो स्थानमा छ ।

टोलीले यसअघि पोखरा एभेन्जर्सलाई ५३ रन, काठमाडौं गुर्खाजलाई ५ विकेट र साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको थियो ।

यस्तै एक खेलमा जित र एकमा हार व्यहोर्दै दुई अंक जोडेको चितवन राइनोज तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्ससँग ६ विकेटको हार व्यहोरेको थियो ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्