करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु



रौतहट, मंसिर १० । रौतहटको फतुवा–विजयपुर नगरपालिका–६ रामदासी टोलमा माइकमा तार जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मंगलवार राति करेन्ट लागेर गम्भीर घाइते भएका २२ वर्षीय गणेश महतोको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनलाई तत्काल नेशनल हस्पिटल विजयपुरमा उपचार गरिएपछि थप उपचारका लागि कोल्हवी बारातर्फ लगिएको थियो । तर, बाटैमा महतोको मृत्यु भएको थियो ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्