सर्वोच्चमा एमालेको रिटमाथि पहिलो पेशी तोकियो



काठमाडौं । नेकपा एमालेले संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि पहिलो सुनुवाइको मिति तोकिएको छ।

उक्त रिट उपर मंसिर १७ गते पेशी निर्धारण गरिएको हो ।

एमालेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गरी संसद्को बहुमत प्राप्त सांसदबाटै नयाँ प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।

एमालेले प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत भएको दाबी गर्दै संसद्को भूमिका पुनःस्थापित हुनुपर्ने तर्क गरेको छ ।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्