एनपीएलमा आज चितवन र काठमाडौं तथा कर्णाली र विराटनगर भिँड्दै



काठमाडौं, मंसिर १२ । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

टियू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

चितवन ३ खेलमा ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले ४ खेलमा समान अंक जोडेको भएपनि चौथो स्थानमा छ ।

तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न आज जित्नैपर्ने दबाब छ ।

चार खेलबाट ६ अंक जोडेको विराटनगर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।

प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्