नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्दै
धनगढी, मंसिर १२ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज धनगढीमा सन्देश सभा गर्ने भएको छ ।
विभिन्न वाम घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले पहिलोपटक आज प्रदेशमा सन्देश सभा गर्न लागेको हो ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायतका नेताहरु आजको सन्देशसभामा सहभागी हुनेछन् ।
सातै प्रदेशमा सन्देश सभा गर्न लागेको यो पार्टीले आज सुरुवात सुदूरपश्चिमबाट गर्न लागेको हो।
लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा हुनेछ। साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा हुने पार्टीले जनाएको छ ।
प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार












