गायिका सुनिता दुलालले गरिन् इन्गेजमेन्ट, शनिबार विवाह



काठमाडौं, मंसिर १२ । लोक गायिका सुनिता दुलालले प्रेमी राजेश केसीसँग इन्गेजमेन्ट गरेकी छिन् ।

बिहीबार इन्गेजमेन्ट गरेको सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै उनले यरबारे जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘जीवनको नयाँ अध्याय । एकअर्काको हात समाएर, साथ–साथै अघि बढ्ने प्रतिज्ञा । हामीले सुरु गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस् । हाम्रोसँगैको यो खुसी तपाईंहरूको आशिषमा अझ सुन्दर बनोस्। सुन्दर पलहरू ।’

सुनिता र राजेश केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । रूकुम पश्चिम स्थायी घर भएका राजेश पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएका छन् । यी दुईजनाबीच शनिबार काठमाडौंस्थित एक रिसोर्टमा विवाह हुँदैछ ।

प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्