कस्तो रहला आज देशभरको मौसम ?



काठमाडौँ, मंसिर १४ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो र रातिको समयमा देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्