एनपिएलमा आज कर्णाली र काठमाडौं भिँड्दै, दुवैलाई जित्नैपर्ने दवाब



काठमाडौं, मंसिर १४ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिँड्दै छन् ।

टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगितामा आइतबार अपराह्न साढे ३ बजे काठमाडौं र कर्णाली आमनेसामने हुन लागेका हुन् ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चारवटा खेल खेलेको एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौं स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा तीन जितेर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल जित्नैपर्ने छ ।

प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्