नेकपाले आज पोखरामा एकता सन्देश सभा गर्दै
काठमाडौँ, मंसिर १४ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज कास्कीको पोखरामा एकता सन्देश सभा गर्दैछ ।
सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेकपाले अब सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेसको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्नेछ ।
अन्त्यमा मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुने नेकपाले जनाएको छ ।
शुक्रबार सुदूरपश्चिमको धनगढीबाट एकता सभा सुरु गरेको नेकपाले शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा सभा गरेको थियो ।
प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार












