सिन्धुलीमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
सिन्धुली, मंसिर १४ । मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रीवाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
पोखराबाट कटारीतर्फ गइरहेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षका दिपेश कुमर घँयत्े भ्उक्ँ छन् । उनको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि फरार भएका बसका चालक उदयपुरको कटारी नगरपालिका–३ का श्यामकुमार भट्टराईको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार












