एमालेले आज महाधिवेशनको लोगो सार्वजनिक गर्दै
काठमाडौँ, मंसिर १४ । नेकपा (एमाले)ले आज (आइतबार) ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्ने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्ने भएका हुन् ।
एमालेको महाधिवेशन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ ।
प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार












