देउवाले बोलाए पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने भएका छन् ।
उपसभापति पूर्णबहादुर खड्काले पहल गरे पनि सहमति नपाएपछि देउवाले आफैँ बैठक आह्वान गरेका हुन् ।
बैठक दिउँसो १ बजे महाराजगन्जस्थित देउवाले निवासमा बस्नेछ ।
आज महाधिवेशनको मिति र अन्य विषयमा छलफल गर्नेछन् ।
बैठकमा नेता डा।शेखर कोइराला र निवर्तमान गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनेछन् ।
देउवाको प्रत्यक्ष पहलपछि महाधिवेशनको मितिबारे टुंगो लाग्ने अपेक्षा गरिएको छ । यसअघि सहमति नबन्दा कांग्रेसका बैठकहरू पटक पटक स्थगित हुँदै आएका थिए ।
प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार
















