नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्षमा घनश्याम भुसाल



काठमाडौं । नेता घनश्याम भुसाल नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) को कार्यवाहक अध्यक्ष बनेका छन् ।

नेकपा (संयुक्त) र नेकपा एस पुनर्गठन अभियानको आज बसेको एकता बैठकपछि भुसालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

पार्टीको नाम नेकपा (संयुक्त) र चुनाव चिह्न हसिया रहेको छ ।

भुसालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा संयुक्तबिच बिहीबार पार्टी एकता घोषणा गरिएको थियो ।

एकता घोषणापछि बसेको बैठकले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

एकताअघि नेकपा संयुक्तको नेतृत्व पुराना नेता चन्द्रदेव जोशीले गर्दै आएका थिए । उनलाई अभिभावकीय भूमिका दिइएको छ ।

त्यसैगरी एकता बैठक सोमबारसम्म चल्ने बताइएको छ । जसमा महाधिवेशनको मिति पनि तय गरिनेछ ।

प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्