मौसममा ‘दित्वा’ चक्रवातको प्रभाव, यी स्थानमा आंशिक बदली



काठमाडौं, मंसिर १५ । हाल नेपालको मौसम प्रणालीमा दक्षिण–पश्चिम बंगालको खाडीमा बिकसित ‘दित्वा’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसका कारण आकाशमा बादल देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दित्वा चक्रवातको प्रभाव रहे पनि वर्षाको सम्भावना भने कम रहेको मौसमविदले बताएका छन् ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

यस्तै आज राति कोशी र मधेश प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्