एसीसी यू–१९ प्रिमियर कपको उपाधिका लागि आज नेपाल र युएई भिँड्दै



काठमाडौँ, मंसिर १५ । एसीसी पुरुष यू–१९ प्रिमियर कपको उपाधिका लागि आज नेपाल र युइए भिँड्दैछन् । यो खेल नेपाली समय अनुसार बिहान १०ः ४५ बजेदेखि शुरु हुने छ ।

यसअघि सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेर फाइनलमा पुगेको हो भने युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

फाइनलमा पुगेसँगै नेपाल र युएई आगामी डिसेम्बरमा हुने यू–१९ एशिया कपमा छनौट भएका छन् ।

त्यस्तै मलेसिया र ओमानबीच तेस्रो स्थानको खेल पनि आज नै हुदैछ । यो खेल जित्ने देश पनि तेस्रो हुदै एशिया कपमा छनौट हुने छ ।

यू–१९ एशिया कपका लागि आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । भने प्रिमियर कपबाट नेपाल र युएई छनौट भएका छन् ।

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्