कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेन्डा
काठमाडौंँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
१५ औँ महाधिवेशनको विषयमा शीर्ष नेताहरूबीच सहमति जुट्न नसक्दा पटक पटक सर्दै आएको बैठक आज पुनः बस्न लागेको हो । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।
गत शनिबार भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा चुनावअघि नियमित महाधिवेशन गर्ने विषयमा सकारात्मक देखिएपछि महाधिवेशन गर्ने कार्यतालिका टुङ्ग्याउने मुख्य एजेन्डासहित केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
आजको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २६–२९ पुसमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने बताइएको छ ।
प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार












