विधायन व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौं । राष्टिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १४१ औँ बैठक आज बस्ने भएको छ ।

बैठक सोमबार बिहान ११ बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समितिको बैठक कक्षमा बस्ने भएको हो ।

आजको बैठकमा चलचित्र विधेयक, २०८१का सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्