कांग्रेस केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक, महाधिवेशनका एजेण्डाबारे छलफल हुँदै



काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बसेको छ ।

आज दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ । त्यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बसेको हो ।

बैठकमा केन्द्रीय समितिमा पेश गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल भइरहेको छ । पदाधिकारी बैठकबाट कार्यतालिकामा सहमति जुटेपछि केन्द्रीय समिति बैठकमा पेश गरिनेछ ।

कार्यवाहक सभापति खड्काले पुस अन्तिम साता १५ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका आजको बैठकमा पेश गर्नेछन् । महाधिवेशन

गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले हालसम्म कुनै निर्णय गर्न सकेको थिएन । चुनाव अघि वा पछिको विवादले काँग्रेसको केन्द्रीय समितिको बैठक ६ मंसिरदेखि स्थगित हुँदै आएको थियो ।

केही दिनदेखि सभापति शेरबहादुर देउवाकै सक्रियतामा पार्टीभित्रको विवाद फुकाउने गरी छलफल भइरहेको थियो । आइतबार देउवासँग शीर्ष नेताहरुको छलफलमा पुसको अन्तिम साता महाधिवेशन गर्नेगरी कार्यतालिका पेस गर्ने सहमति भएको थियो ।

त्यसपछि केन्द्रीय समिति बैठकमा निर्णयार्थ प्रस्ताव पेश गरिने भएको छ ।

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्