कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको मिति टुंगो लगाइसकेपछि क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बस्दैछ । समितिका संयोजक तथा महामन्त्री गगन थापाले बिहान ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेका हुन् ।

यसअघि सोमबार बसेको केन्द्रीय समिति बैठकले आगामी पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। सो निर्णयसँगै महाधिवेशन तयारीका महत्वपूर्ण चरणहरूमध्ये पर्ने क्रियाशील सदस्यता व्यवस्थापन प्रक्रियालाई अघि बढाउन समितिको बैठक डाकिएको हो।

महामन्त्री थापाको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश रसाइली सदस्य छन्।

केन्द्रीय समितिले पारित गरेको कार्यतालिकाअनुसार पुस १२ गतेभित्र सबै तहबाट क्रियाशील सदस्यताको विवरण केन्द्रीय कार्यालयमा बुझिसक्नुपर्नेछ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्