नेकपा एमाले नै जेनजी पुस्ताको रियल लिडर हो: विष्णुप्रसाद पौडेल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजी पुस्ताको रियल लिडर आफ्नो पार्टी भएको दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

एमाले कहिल्यै जेनजी विरुद्ध नरहेको जिकिर गर्दै भने- ‘एमालेले कहिल्यै पनि जेनजीका विरुद्धमा जेनजीका मागका विरुद्धमा, उनीहरूका न्यायिक र जायज आकांक्षा र अपेक्षाका विरुद्धमा एमाले थिएन र रहँदैन भन्ने कुरा स्पष्ट पार्न चाहन्छु ।’

उपाध्यक्ष पौडेलले जेनजी पुस्ताको वास्तविक नेता एमाले भएको दाबी पनि गरेका छन्।

उनले थपे- ‘उनीहरूले अघि सारेका माग सोसल मिडिया निर्बाध उपयोग गर्ने हो। सोसल मिडिया कसरी रेगुलेट गर्ने भन्ने माग राखेका होइनन्। उनीहरूको एउटै माग हामीले त्यसलाई निर्बाध उपयोग गर्न पाउनुपर्छ भन्ने थियो। यो नितान्त जायज माग थियो।’

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्