तयार रहनुहाेस् अपी पावरले एक बराबर दुई कित्ता हकप्रद सेयर दिँदैछ



काठमाडौँ, चैत्र २८

अपी पावर कम्पनीले सेयरधनीलाई एक बराबर दुई कित्ता हकप्रद सेयर दिने भएको छ । कम्पनीको यहाँ साेमबार सम्पन्न विशेष साधारणसभाबाट सो प्रस्ताव पारित गरिएको हो ।

साधारणसभाबाट पारित प्रस्ताव नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाइनेछ । कम्पनीको हालको सेयर सङ्ख्या एक करोड पाँच लाख कित्ता छ ।

यसबाट विद्यमान एक सेयर बराबर दुई सेयरका दरले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित भएको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

प्रस्तावित सेयर निस्काशनबाट प्राप्त रु दुई अर्ब १० करोडमध्ये रु एक अर्ब सिद्धकाली पावर लि कंले प्रवद्र्धन गर्न लागेको त्रिशूली गल्छी जलविद्युत् आयोजनामा लगानी गरिनेछ । यस्तै रु एक अर्ब १० करोड भने विभिन्न सौर्य परियोजनामा लगानी गर्ने तयारी गरिएको छ ।

यस्तै अपी पावर कंको हालको चुक्ता पुँजी रु एक अर्ब पाँच करोड र जारी पुँजी रु तीन अर्ब रहेकामा पुँजी वृद्धि गरी जारी पुँजी रु चार अर्ब पुर्याउने प्रस्ताव पनि विशेष साधारणसभाले पारित गरेको छ ।

कंका अध्यक्ष न्यौपानेले कम्पनीप्रति सेयरधनी र शुभेच्छुकले देखाएको विश्वासलाई सम्मान गर्दै थप नयाँ लगानीका अवसर खोजिएको बताउनुभयो ।

कंले निकट भविष्यमा नै अपर चमेलियालगायत आयोजनामा लगानी गर्न लागेको र त्यसले सेयरधनीलाई थप लगानीका अवसर प्रदान गर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News