ओलीलाई शेरबहादुर तामाङको पनि समर्थन, उपमहासचिवमा उठ्ने घोषणा
काठमाडौं । नेकपा एमालेका वर्तमान स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आसन्न ११औँ महाधिवेशनमा उपमहासचिवका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
हाल स्थायी कमिटी सदस्य रहेका तामाङले अध्यक्षमा केपी शर्मा ओलीलाई साथ दिँदै उपमहासचिवमा दाबी गर्ने बताएका हुन् ।
११औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने देखिएपछि आफूले अध्यक्ष ओलीको प्यानलबाट उपमहासचिवमा दाबी गरेको उनले बताएका छन् ।
वर्तमानमा स्थायी कमिटी सदस्य रहेका तामाङले महाधिवेशनमा नेतृत्व चयनको प्रतिस्पर्धा हुने देखेपछि अध्यक्ष ओलीको प्यानलबाट उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् ।
मङ्सिर २७ देखि हुने एमाले महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र नेता ईश्वर पोखरेलले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अध्यक्षमा प्रतिस्पर्धा हुने देखिएपछि अन्य नेताहरू पनि ओली र पोखरेलको पक्षमा खुल्ने क्रम जारी छ ।
सिन्धुपाल्चोकका तामाङ पूर्वमन्त्रीसमेत हुन्।
प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार
















