बादल भन्छन् : पार्टी र देशलाई मेरो भूमिका आवश्यक छ
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले अहिलेको अवस्थामा देश र पार्टीका लागि आफ्नो भूमिका आवश्यक रहेको बताएका छन् । शुक्रबार प्रेस चौतारीले काठमाडौँमा गरेका साक्षात्कारमा उपाध्यक्ष बादलले एमालेको नेतृत्वको निरन्तरतालाई जोड दिँदै पार्टीमा आफ्नो भूमिका पनि अझै आवश्यक रहेको बताएका हुन् ।
‘मेरो सन्दर्भको कुरा गर्दा केन्द्रीय समितिको निष्कर्षबाट समेत हेर्दा पार्टी र देशलाई मेरो भूमिका आवश्यक छ’, नेता बादलले भने, ‘११ औँ महाधिवेशनमा नेकपा एमालेको नेतृत्वको निरन्तरतामा मेरो पनि स्थान होस् भन्ने चाहाना छ । यो कुरा केन्द्रीय समिति र सचिवालयमा पनि राखेको छु ।’
नेता थापाले एमालेको ११ औँ महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्ने र अध्यक्षमा ओलीकै निरन्तरता आवश्यक भएको प्रस्ट्याए ।
प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार
















