अभिनेत्री पूजा शर्मा आज विवाह बन्ध्नमा बाँधिदै



काठमाडौँ । अभिनेत्री पूजा शर्मा आज प्रेमी युद्ध बानियाँसँग विवाह बन्धनमा बाँधिन लागेकी छन् ।

विवाह समारोह भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटल फच्र्युनमा आयोजना गरिएको छ ।

विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्य, आफन्त र साथीभाइलाई निम्त्याइएको छ । उनीहरु विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्